काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध रिट निवेदन दिएका १ सय ४६ सांसदका तर्फबाट सुरुवाती सुनुवाइ सकिएको छ ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा आइतबार रिट निवेदक सांसदका कानुन व्यवसायीको बहस सकिएको हो ।रिट निवेदकलाई हामीले १२ घण्टा समय दिएका थियौं त्यो समय सकिएको छ, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले भने ।
विपक्षी राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सभामुख अग्निप्रसाद सापकोटा लगायतको बहस सोमबारबाट सुरु हुने प्रधानन्यायाधीश जबराले इजलासमा जानकारी दिए ।
विपक्षीका लागि १५ घण्टा समय छुट्याइएको छ । विपक्षीले सोमबारबाट बहस गर्नेछन्
त्यसपछि एमिकस क्युरीले आफ्नो राय दिनेछ । एमीकस क्युरीले राय दिएपछि ३ घण्टा रिट निवेदकका कानुन व्यवसायीले प्रत्युत्तर बहस गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















