images
images
  • तोलामा एक हजार सात सयले बढ्यो सुनको मूल्य

    काठमाडौँ – अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज तोलामा रु. एक हजार ७०० ले वृद्धि भएको छ ।
    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु. एक लाख ९१ हजार ६०० कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी रु. एक हजार ९६५ मा बेचबिखन भइरहेको छ ।
    मङ्गलबार प्रतितोला सुन रु. एक लाख ८९ हजार ९०० र त्यति नै परिमाणको चाँदी रु. एक हजार ९६५ मा खरिदबिक्री भएको थियो ।
    अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन  तीन हजार ३९३ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images