काठमाडौं : चालु आर्थिक वर्षमा ६ सय ६१ जनाले (नवप्रवर्तन) स्टार्टअप कर्जा पाउने भएका छन्। औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले आइतबार सूचना जारी गर्दै तीन प्रतिशत ब्याजदरमा ६ सय ६१ उद्यमीलाई स्टार्टअप कर्जाका लागि सिफारिस गरेको हो।
कर्जाका लागि सिफारिस भएका उद्यमीले ४५ दिनभित्र तोकिएका बैंकको शाखा कार्यालयमा सम्पर्क नगर परियोजना प्रस्ताव र सिफारिस रकम स्वतः रद्द हुने प्रतिष्ठानले जनाएको छ। कुन उद्यमी कुन बैंकको कुन शाखामा जाने भन्ने सूचना आगामी बिहीबारसम्म प्रकाशन गरिने प्रतिष्ठानद्वारा जारी सूचनामा उल्लेख छ। चालु आर्थिक वर्षको बजेटमा स्टार्टअप कर्जा प्रवाहका लागि १ अर्ब रुपैयाँ विनियोजन गरिएको थियो।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार विनियोजित बजेटबाट ३ प्रतिशतसम्म प्रतिष्ठानको प्रशासनिक खर्च, २५ प्रतिशत कर्जा सुरक्षा (बिमा) का लागि निक्षेप तथा कर्जा सुरक्षण कोषमा र बाँकी रकम उद्यमीलाई प्रवाह गरिनेछ। ‘प्रतिष्ठानको प्रशासनिक खर्चका लागि ३ करोड, कर्जा सुरक्षाका लागि १९ करोड ४० लाख र बा“की ७७ करोड ६० लाख रुपैयाँ कर्जा बिनाधितो वितरण गरिनेछ,’ मन्त्रालय स्रोतले भन्यो।
प्रतिष्ठानले उद्यमीलाई न्यूनतम ५ लाखदेखि अधिकतम २५ लाख रुपैयाँसम्म कर्जा वितरण गर्नेछ।
गत आर्थिक वर्षमा प्रतिष्ठानले १ सय ६५ उद्यमीलाई २१ करोड रुपैया“ कर्जा प्रवाह गरको े थियो। गत वर्ष कर्जा पाएका उद्यमीले १ करोड ८० लाख रुपैयाँ फिर्ता गरिसकेको मन्त्रालयले जनाएको छ। गत वर्ष कर्जा पाएका उद्यमीले औसतमा ४ देखि ५ जनालाई रोजगारी दिइरहेका छन्। स्र्टाटअप कर्जाका लागि सिफारिस भएकामा खेतीपाती अग्र्यानिक, ढिकीजाँतो, श्री एग्रोलगायत ६ सय ६१ परियोजना परका छन्।
व्यवसाय दर्ता र नवीकरणको सक्कल प्रमाणपत्र, प्यान÷भ्याट दर्ताको सक्कल, उद्यमीको नागरिकताको सक्कल, आर्थिक वर्ष २०८०/८१ को कर चुक्ता प्रमाणपत्र, आधिकारिक व्यक्तिको पासपोर्ट साइजको फोटो, व्यवसायको छाप, परियोजना लिज/भाडामा सञ्चालनमा रहेको भए सम्झौताको प्रतिलिपि तथा व्यवसायको प्रकृतिअनुसार अन्य निकायबाट लिनुपर्ने अनुमतिपत्र लिएर तोकिएको बैंक शाखामा जानुपर्नेछ।
प्रतिष्ठानले गत भदौ ११ मा कर्जा प्रवाहका लागि परियोजना प्रस्ताव आह्वान गरको थियो। त्यति बेला अनलाइन र भौतिक रूपमा उपस्थित भई ५ हजार १ सय ५८ उद्यमीले प्रस्ताव दर्ता गरका थिए। तीमध्ये पुस १९ मा १ हजार ३ सय १४ उद्यमी परियोजनाको प्रस्तुतीकरणका लागि छनोट भएको प्रतिष्ठानले जनाएको छ। छनोट भएकामध्ये १ हजार ७३ उद्यमीले पुस अन्तिम सातादेखि चैत दोस्रो सातासम्म परियोजना प्रस्तुतीकरण गरेका थिए।
छानिएका परियोजनाको प्रस्तुतीकरण र बैंकबाट क्रेडिट अप्रेजल भई प्राप्त अंकभारको ५० प्रतिशतभन्दा बढी ल्याउने उद्यमीलाई प्राथमिकताका आधारमा कर्जा प्रवाहका लागि सिफारिस गरिएको प्रतिष्ठानको सूचनामा उल्लेख छ। प्रस्तावकर्ताहरूको व्यवसायको फोटो, भिडियो, वित्तीय विवरण तथा अन्य विवरण प्रस्तुतीकरण र मूल्यांकन समितिको प्रश्नोत्तरलाई समेत आधार मानी प्रतिष्ठानले गठन गरेको मूल्यांकन समितिले मूल्यांकन गरेको हो।
‘प्रस्तुतीकरणमा उपस्थित प्रस्तावकको मूल्यांकन समितिको औसत अंकभार र बैंकबाट क्रेडिट अप्रेजल गरी प्राप्त भएको अंकभार जोडेर कुल अंकभार निकालिएको हो,’ प्रतिष्ठानले प्रकाशन गरको सूचनामा उल्लेख छ, ‘कुल अंकभारलाई आधार लिई कम्तीमा ५० प्रतिशत अंक प्राप्त गर्ने प्रस्तावकलाई प्राथमिकताका आधारमा अन्तिम छनोट गरिएको हो।


विश्व खबर 




















