images
images
  • नेपाल बैंकका सीईओलाई राष्ट्र बैंकको चेतावनी, पूर्वअध्यक्षलाई कर्जा दुरुपयोगमा ५ लाख जरिवाना

    काठमाडौं-नेपाल राष्ट्र बैंकले नेपाल बैंकका पूर्वअध्यक्ष चन्द्रबहादुर अधिकारीलाई कर्जा दुरुपयोगमा ५ लाख जरिमाना गरेको छ। नेपाल बैंकका सिइओ तिलकराज पाण्डेलाई राम्रोसँग काम गर्न नसकेको भन्दै १ पटकका लागि सचेत गराएर छोडेको छ ।

    पाण्डेलाई राष्ट्र बैंकले बैंक र सिइओबीच भएको सम्झौताअनुसार बैंकको रणनीतिक योजना, वार्षिक बजेट तथा कार्यक्रम प्रभावकारी रूपमा योजना कार्यान्वयन गराउन नसकेको, कर्जा समयमै स्वीकृति तथा नवीकरण गराउन नसकेको, उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीहरूबीच आपसी समन्वय गर्न नसकेको भन्दै एकपटकका लागि सचेत गराएर छोडेको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images