काठमाडौं-नेपाल राष्ट्र बैंकले स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई कारबाही गरेको छ ।
राष्ट्र बैंकको निर्देशन पालना नगरेको भन्दै केन्द्रीय बैंकले स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई कारबाही गरेको हो ।कर्जा नोक्सानी व्यवस्थापनमा ध्यान नदिएको तथा कर्जा प्रवाहमा राष्ट्र बैंकको निर्देशन उल्लंघन गरेपछि राष्ट्र बैंकले कारबाही गरेको जनाएको छ ।
नेपाल राष्ट्र बैंकले स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई १४ करोड बढी जरिमाना गरेको छ । तोकिएका क्षेत्रमा कर्जा प्रवाह गर्नुपर्ने न्यूनतम प्रतिशतभन्दा कम कर्जा प्रवाह गरेको भन्दै बैंकलाई जरिमाना लगाइएको हो ।
आव २०८१/०८२ को दोस्रो त्रैमासिक (२०८१ पुस मसान्तसम्मको) अवधिमा स्ट्यान्डर्ड चार्टर्ड बैंकले तोकिएका क्षेत्रमा कर्जा प्रवाह गर्नुपर्ने न्यूनतम प्रतिशतभन्दा कम कर्जा प्रवाह गरेकोले १४ करोड ८५ लाख २५ हजार ५६६ रुपैयाँ जरिमाना लगाएको केन्द्रीय बैंकले जनाएको छ ।






















