images
images
  • एमालेले बोलायो दशौं महाधिवेशन आयोजक कमिटीको बैठक !


    काठमाडौं । नेकपा (एमाले)ले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ । आइतबार बसेको स्थायी कमिटीको बैठकले असार १६ गते काठमाडौंमा बैठक बोलाएको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

    उनका अनुसार बैठकमा पछिल्लो राजनीतिक स्थिति र राष्ट्रिय राजनीतिका आयामबारे छलफल गरिएको थियो। यसबारे थप छलफल गरेर निर्णय लिनुपर्ने भएकाले राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाइएको प्रवक्ता ज्ञवालीले जानकारी दिए ।

    बैठकमा महाधिवेशन आयोजक कमिटीको निर्णयलाई सर्वोच्च अदालतले मान्यता नदिई कर्णालीका चार सांसदलाई पुनर्बहाली गरेको विषयमा पनि छलफल भएको उनले बताए ।

    बैठकमा पछिल्लो राजनीतिक स्थिति, प्राकृतिक प्रकोप र कोभिडका बारेमा छलफल भएको ज्ञवालीले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images