काठमाडौं । १० दिनयता रिक्त गभर्नर सिफारिस समितिको सदस्यमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई नियुक्त गरिएको छ ।
हिजो (बुधबार) बेलुका बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले रिक्त सदस्य पदमा अधिकारीलाई नियुक्त गरेको हो ।
यसअघि उनी एमाले कोटाबाट गभर्नर सिफारिस भएका थिए । उनको कार्यकाल सकिएको झन्डै एक महिना बितेको छ । त्यसयता नयाँ गभर्नर सरकारले सिफारिस गरेको छैन ।
योसँगै करिब एक महिनायता रिक्त रहेको गभर्नर पदपूर्तिका लागि बाटो खुलेको छ ।
अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा यसअघि पूर्वगभर्नर विजयनाथ भट्टराई र योजना आयोगका पूर्वउपाध्यक्ष विश्वनाथ पौडेलको नेतृत्वमा समिति गठन गरिएको थियो ।
तथापि एक महिनासम्म बैठक बस्न नसकेको भन्दै भट्टराईले बैशाख ९ गते समितिको सदस्यबाट राजीनामा दिएका थिए ।
उनले राजीनामा दिएसँगै केही दिनयता एक सदस्य पद रिक्त रहेको थियो ।
सो पदमा अधिकारीलाई नियुक्त गरिएको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।






















