काठमाडौं । गभर्नर सिफारिस समितिका सदस्य तथा पूर्व गभर्नर विजयनाथ भट्टराईले असन्तुष्टी जनाउँदै आज (मंगलबार) राजीनामा दिएका छन् ।
एक महिनासम्म एउटा बैठकसमेत बस्न नसकेको भन्दै उनले राजीनामा दिएका हुन् ।
मन्त्रिपरिषद्ले गत चैत ११ गते उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठन गरेको सिफारिस समितिमा पूर्व गभर्नरका रूपमा भट्टराईसहित विश्व पौडेल सदस्यको जिम्मेवारीमा थिए ।
समितिको भूमिकालाई नजरअन्दाज गरिएको भन्दै उनले असन्तुष्टी जाहेर गरिरहेको अवस्थामा उनको राजीनामा आएको हो ।
नेपाल राष्ट्र बैंकका लागि गभर्नर छनोट थप पेचिलो बन्दै गएको छ ।
प्रतिक्रिया दिनुहोस्






















