images
images
  • अस्ट्रेलियन डलर, युरो र पाउन्डको मूल्य बढ्यो, बहराइन दिनारको घट्यो

    नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ।

    आज अमेरिकी डलर र कुबेती दिनारको मूल्य स्थिर छ। अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका विदेशी मुद्राको मूल्य बढेको छ।

    आज अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ३० पैसा र बिक्रीदर १३६ रुपैयाँ ९० पैसा छ। विगत तीन दिनदेखि अमेरिकी डलर यही मूल्यमा कारोबार हुँदै आएको छ।

    गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो।

    त्यसैगरि आज युरो १ को खरिददर १५५ रुपैयाँ २८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ९६ पैसा छ। हिजो युरो १ को खरिददर १५५ रुपैयाँ ०३ पैसा र बिक्रीदर १५५ रुपैयाँ ७१ पैसा थियो।

    त्यस्तै आज पाउन्ड १ को खरिददर १८१ रुपैयाँ २३ पैसा र बिक्रीदर १८२ रुपैयाँ ०३ पैसा छ। हिजो पाउन्ड १ को खरिददर १८० रुपैयाँ ९६ पैसा र बिक्रीदर १८१ रुपैयाँ ७६ पैसा थियो।

    त्यसैगरि अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ९१ र बिक्रीदर ८७ रुपैयाँ २९ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ८९ र बिक्रीदर ८७ रुपैयाँ २७ पैसा थियो।

    त्यसैगरि कुबेती दिनार १ को खरिददर ४४४ रुपैयाँ ५४ पैसा र बिक्रीदर ४४६ रुपैयाँ ५० पैसा छ। हिजो पनि कुबेती दिनारको विनियम दर यही थियो।

    आज बहराइन दिनार १ को खरिददर ३६१ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३६३ रुपैयाँ १३ पैसा छ। हिजो बहराइन दिनार १ को खरिददर ३६१ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३६३ रुपैयाँ २० पैसा थियो।

    यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

    वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।

    हेर्नुहोस् राष्ट्र बैंकले निर्धारण गरेको सबै मुद्राको विनिमय दर

    Screenshot 2025 04 21 045641 mci7FKDQ2Y

    प्रतिक्रिया दिनुहोस्
    images
    images