images
images
  • मुग्लिन-पोखरा सडक : दमौली बजारमा धमाधम कालोपत्रे

    तनहुँ : मुग्लिन-पोखरा सडक विस्तारअन्तर्गत दमौली बजारमा धमाधम कालोपत्र भइरहेको छ ।

    व्यास नगरपालिका-२ बागबजार, मुख्यचोक, सफासडक चोकदेखि तरकारी लाइनसम्म कालोपत्र भइरहेको छ। चालु आर्थिक वर्षभित्रै दमौली खण्डमा कालोपत्र सम्पन्न गर्नेगरी काम भइरहेको मुग्लिन-पोखरा सडक योजना (पूर्वी खण्ड) का इञ्जिनियर विष्णुप्रसाद पाण्डेले बताए।

    बिहीबार मुख्यचोकमा एकतर्फी कालोपत्र गरिएको छ। बागबजार खण्डमा बुधबार कालोपत्र गरिएको थियो। दुर्गा मन्दिरदेखि चापाघाटसम्म पनि चाँडै कालोपत्र हुनेछ ।

    पूर्वी खण्डअन्तर्गत अन्य ठाउँमा घरटहरा हटाउन ढिलो हुँदा कालोपत्रको काम रोकिएको थियो । अब चार किलोमिटर मात्र कालोपत्र गर्न बाँकी छ।

    पूर्वी खण्डअन्तर्गत सडकको काम ८२‍.९५ प्रतिशत पूरा भएको छ। यो खण्डमा पहिलो तहअन्तर्गत ३८।३१ किलोमिटर खण्डमा चार लेन र ०.२९ किलोमिटर खण्डमा दुई लेन सडक कालोपत्र भएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images