images
images
  • नयाँ वर्षको अवसरमा महालक्ष्मी बैंकमा ७.९९ प्रतिशतमै घर कर्जा

    काठमाडौं : महालक्ष्मी विकास बैंकले नयाँ वर्षको अवसरमा घर कर्जा एकल अंकको ब्याजदर ७.९९ प्रतिशतमा नै प्रदान गर्ने भएको छ।

    नयाँ वर्ष २०८२ को अवसरमा बैंकिङ्ग क्षेत्रमा नै सस्तो तथा प्रतिस्पर्धी ब्याजदर कायम रहने गरी ग्राहकलाई घर खरिद/ निर्माण /पुनर्निर्माण  गर्न तथा अपार्टमेन्ट खरिद गर्न बैंकले यस्तो कर्जा प्रदान गर्नेछ ।

    यो कर्जा वातावरणीय विशेषता पुष्टि गर्न सक्ने तथा नवीकरणीय वा दिगो स्रोतको प्रयोग गरिएको हुनुपर्नेछ। यस्तो कार्यबाट वातावरण संरक्षण गर्न, दिगो विकासको प्रवर्धन गर्न तथा नेपाल राष्ट्र बैंकको नियामकीय निर्देशनको पालना गर्न समेत सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।

    ‘सबल बैंक, सफल सहकार्य को नारा लिएको यो बैंकको देशभर १०३ शाखा कार्यालय र करिब ८ लाख ग्राहक छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images