images
images
  • पोखरामा ५० हजार किलो आलुको पहाड

    कास्की : आलु गाउँको रुपमा देशमा प्रख्यात पोखरा महानगरपालिका–२५ हेमजामा राष्ट्रिय हेमजा आलु महोत्सव सुरु भएको छ ।

    महोत्सवको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गरे। स्थानीय विष्णुपादुका क्लबले १३ वर्षदेखि यहाँ निरन्तर आलु महोत्सव गर्दै आएको छ।

    ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ संचालन भएको महोत्सवका आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको बृहत प्रदर्शनी रहेको छ।

    यसैगरी आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, बोटविरुवा परीक्षण तथा रोगको निदान रहेका छन्। यस वर्ष हेमजामा उत्पादित ५० हजार केजी आलुको विशाल पहाड निर्माण गरिएको छ।

    महोत्सवमा कृषक तथा कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारहरुका प्रस्तुति, कृषक सम्मान साथै विभिन्न कृषि उपज, वीउविजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी पनि रहेको आयोजक विष्णुपादुका क्लवले जनाएको छ।

    महोत्सव सुरु हुनुपुर्व बाजागाँजा, कृषि झाँकी सहित विष्णुपादुका माइस्थानबाट सुरु भएको शोभायात्रा मिलनचोक, नहरचोक, साँझाचोक, सोतीपसल हुँदै महोत्सव स्थल विष्णुपादुका खेल मैदान पुगेको थियो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images