साताको पहिलो कारोबार भएको दिन सोमबार शेयरबजारमा पहिरो गएको छ । बजारमापक परिसूचक नेप्से ३२.३५ अंकले घटेर २६७०.९४ को बिन्दुमा आइपुगेको छ ।
बजार सुरु भएको केही मिनेटमा सामान्य अंकले बढेको बजार कारोबार बन्द हुँदा घटेको हो । यसदिन कारोबारमा आएका २ सय २१ कम्पनीको शेयरमूल्य घट्दा लगानीकर्ताले ठूलो रकम गुमाएका छन् ।
यस्तै समग्र बजार घटे पनि २३ कम्पनीका लगानीकर्ताले भने कमाएका छन् । आत्मनिर्भर लघुवित्त वित्तिय संस्थाको शेयरमूल्यमा सबैभन्दा धेरै प्रतिकित्ता ६० रुपैयाँले वृद्धि भएको छ ।
यसदिन ५ अर्ब ६५ करोडबराबरको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















