नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ७०० रुपैयाँ घटेको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ लाख ७३ हजार ८०० रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुनको मूल्य १ लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको थियो ।
आज चाँदीको मूल्य भने बढेको छ । आइतबार तोलामा १८०० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज बढेर १८३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















