images
images
  • रास्वपा सभापति लामिछाने भैरहवा कारागार चलान 

    बुटवलको सुप्रिम सहकारी प्रकरणको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भैरहवा कारागार चलान भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीले लामिछानेलाई आज भैरहवा कारागार चलान गरेको हो ।

    चैत २२ गते राति आफ्नै निवासबाट पक्राउ परेका लामिछानेलाई शनिबार बिहान यति एयरलाइन्सको विमानमार्फत गौतमबुद्ध विमानस्थल अवतरण गराई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो ।

    भैरहवा कारागारमा सोही सहकारी प्रकरणमा मुछिएका पूर्वडीआईजी छविलाल जोशी पनि रहेका छन् ।

    गत शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो । न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले सो आदेश गरेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images