images
images
  • सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

    काठमाडौं – स्थानीय बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । आइतबारको तुलनामा सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँले घटेको छ भने चाँदी ८० रुपैयाँले सस्तिएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६९ हजार १०० रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला २ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै, चाँदीको मूल्य पनि घटेर प्रतितोला ३ हजार ५२० रुपैयाँ कायम भएको छ । आइतबार चाँदी प्रतितोला ३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

    यसअनुसार एक दिनमा सुनको मूल्य १ हजार १०० रुपैयाँ र चाँदीको मूल्य ८० रुपैयाँले घटेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images