images
images
  • सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

    नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा १९०० रुपैयाँ घटेर कारोबार भएको हो ।

    जसअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७६ हजार ४०० रुपैयाँ कायम भएको थियो ।

    यस्तै चाँदीको मूल्य पनि घटेको छ । जसअनुसार आज चाँदी तोलामा १८०० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १८७० रुपैयाँ कायम थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images