images
images
  • शिक्षकको आन्दोलन : एसईईको नतिजा प्रकाशितमा ढिलाइ हुने

    माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनमा ढिलाइ हुने भएको छ । शिक्षकहरूले आफ्नो माग पूरा नभएसम्म उत्तरपुस्तिका परीक्षण नगर्ने घोषणा गरेपछि नतिजा प्रकाशितमा ढिलाइ हुने हो ।

    यस साताबाट परीक्षण सुरु हुनुपर्ने भएपनि शिक्षकहरूको आन्दोलनका कारण नतिजा असार ७ पछि आउने सम्भावना देखिएको छ ।

    शिक्षक महासंघले २०८१ साल चैत्र २५ गतेदेखि आम शैक्षिक हड्तालको घोषणा गर्दै विद्यालय शिक्षा ऐनको माग राख्दै आन्दोलनलाई सशक्त बनाउने तयारी गरेको छ ल। यस क्रममा उत्तरपुस्तिका परीक्षण, तालिम, गोष्ठी लगायतका कार्यहरू प्रभावित हुनेछन् ।

    २०८१ सालको माध्यमिक शिक्षा परीक्षामा ४३१,४६६ नियमित र ६७,७१५ ग्रेड वृद्धिका लागि कुल ४,९९,१८३ विद्यार्थी सहभागी भएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images