images
images
  • यस्तो छ आज विदेशी मुद्राको विनियमदर

    नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ।

    आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको विनियमदर स्थिर छ। हिजो धेरैजसो विदेशी मुद्राको मूल्य घटेको थियो।

    आज अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ०८ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६८ पैसा छ। हिजो पनि अमेरिकी डलरको विनियमदर यही थियो।

    गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो।

    त्यसैगरि आज युरो १ को खरिददर १५० रुपैयाँ ३९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०५ पैसा छ।

    त्यस्तै आज पाउन्ड १ को खरिददर १७६ रुपैयाँ ८४ पैसा र बिक्रीदर १७७ रुपैयाँ ६२ पैसा छ।

    त्यसैगरि अस्ट्रेलियन डलर १ को खरिददर ८२ रुपैयाँ ५२ र बिक्रीदर ८२ रुपैयाँ ८८ पैसा छ।

    त्यसैगरि कुबेती दिनार १ को खरिददर ४४२ रुपैयाँ ५१ पैसा र बिक्रीदर ४४४ रुपैयाँ ४६ पैसा छ।

    आज बहराइन दिनार १ को खरिददर ३६० रुपैयाँ ९९ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ८५ पैसा छ।

    यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

    वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images