images
images
  • गभर्नर अधिकारीले भने– मेरै कार्यकालमा राष्ट्र बैंकको नेतृत्वमाथि प्रहार भयो

    नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारले आफ्नो कार्यकालको दोस्रो वर्ष पुग्दा नेपाल राष्ट्र बैंकको नेतृत्वमाथि प्रहार भएको बताएका छन् । शुक्रबार आफ्नो कार्यकालमा भएका प्रमुख कार्य तथा उपलब्धिहरू सार्वजनिक गर्दै उनले नेतृत्वमाथि नै गरिएको प्रहारले केन्द्रीय बैंकको स्वायत्ततामाथि नै ठाडो हस्तक्षेप भएको बताएका हुन् ।

    जस्तोसुकै असहज परिस्थिति भएपनि सम्बन्धित चुनौतीहरू सामना गर्न सबैको सद्भाव रहेका कारण विगत ५ वर्ष आफ्नो सन्तुष्टिका वर्षहरु रहेको गभर्नर अधिकारीले बताए । उनले राष्ट्र बैंकको इतिहासमा महत्त्वपूर्ण इट्टाहरू थपिएको महसुस भएको समेत बताए ।

    उनले भने, ‘कार्यकालको दोस्रो वर्ष पुग्दा नेपाल राष्ट्र बैंकको नेतृत्वमाथि प्रहार भई केन्द्रीय बैंकको स्वायत्ततामाथि ठाडो हस्तक्षेप अवस्था रह्यो । केन्द्रीय बैंक सञ्चालनको विश्वव्यापी मान्यता अनुरूप यस बैंकको स्वायत्ततालाई अक्षुण्ण राखी दिनुहुने हुने सर्वोच्च अदालत, न्यायाधीश, अधिवक्ता, समस्त न्यायप्रणाली प्रति कृतज्ञता गर्दछु । यसका साथै नेपाल राष्ट्र बैंकमाथि गरिएका हस्तक्षेपका विरुद्धमा अर्थशास्त्री, लब्धप्रतिष्ठित व्यक्ती, संचारकर्मीहरुबाट जुन किसिमको खबरदारी भयो त्यो ज्यादै नै अविस्मरणीय भयो ।’

    गभर्नर अधिकारीले आफूले कार्यकाल सम्हाल्दै गर्दा कोभिडका कारण विश्व अर्थतन्त्र संकुचनमा फसेको बताउँदै महामारी पुनरुत्थान नहुँदै रुस युक्रेनको तनावका कारण उच्च मूल्य वृद्धिको सामना संसारले गर्नुपरेको बताए । चुनौतीका बाबजुद राष्ट्र बैंकले लिएको सजग समयअनुसारका उपयुक्त नीतिगत व्यवस्थाका कारण समग्र आर्थिक स्थायित्व कायम हुन सकेको बताए ।

    गभर्नर अधिकारीका अनुसार मुलुकको बाह्य क्षेत्र सुदृढ छ । वित्तीय क्षेत्रको पुँजी पर्याप्तता र तरलता नियामकियको आवश्यकता भन्दा माथि नै छन् । ब्याजदर व्यवसायमैत्री रहनुका साथै कोभिडपश्चात चुलिएको मूल्यवृद्धि क्रमशः कम हुँदै हाल बैंकले तय गरेको मौद्रिक नीतिको लक्ष्य भित्र नै रहेको छ ।

    २०७६ चैत २४ गते पाँच वर्षका लागि गभर्नर बनेर बिदा हुँदा गर्दा आफ्नो कार्यकालकै अवधिमा कोभिडका कारण जनधनको ठुलो क्षति हुन गएको बताउँदै गभर्नर अधिकारीले संक्रमणको त्रासका बाबजुद राष्ट्र बैंकका काम कारबाहीलाई निरन्तरता दिन राष्ट्र बैंक सफल भएको सुनाए ।

    आफ्नो कार्यकालको प्रगति विवरण सार्वजनिक गर्दै गभर्नर अधिकारीले वित्तीय पहुँच बिस्तार गर्ने, वित्तीय सेवाको उपयोगलाई प्रोत्साहन दिने तथा वित्तीय ग्राहक संरक्षणमार्फत सर्वसाधारणको वित्तीय प्रणालीमा रहेको विश्वास अभिवृद्धि गर्ने कार्यलाई राष्ट्र बैंकले उच्च प्राथमिकतामा राख्न सफल भएको बताए ।

    गभर्नर अधिकारीका अनुसार कानुनी, नीतिगत तथा प्रक्रियागत सुधारतर्फ पाँच वर्षको अवधिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३, बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ र विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९’ को संशोधनसम्बन्धी प्रस्तावित मस्यौदा अर्थ मन्त्रालयमा पेस गरिएको छ । लिजिङसम्बन्धी कानुन, वित्तीय ग्राहक संरक्षणसम्बन्धी कानुन, वित्तीय सम्पत्ति पुनर्संरचना तथा धितोपत्रीकरण (सेक्यूरिटाइजेशन) सम्बन्धी कानुन र एसेट म्यानेजमेन्टसम्बन्धी कानुनको व्यवस्था गर्न ऐनका मस्यौदा तयार भएका छन् । संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी छुट्टै कानुनको आवश्यकता सम्बन्धमा सम्मानित सर्वोच्च अदालतको आदेशबमोजिम बैंकको तर्फबाट अध्ययन प्रतिवेदन पेस भएको छ । यससम्बन्धी कानुनी व्यवस्थाका लागि प्रस्तावित मस्यौदा  अर्थ मन्त्रालयमा राष्ट्र बैकले पठाइसकको छ ।

    भुक्तानी तथा फस्र्योट ऐन, २०७५ र विनिमय अधिकारपत्र ऐन, २०३४ मा आवश्यक संशोधन गर्नका लागि समिति गठन भई छलफलको क्रममा रहेको गभर्नर अधिकारीले जानकारी दिए । उनकाअनुसार पाँच वर्षको अवधिमा बैंकसँग सम्बन्धित ऐनको प्रभावकारी कार्यान्वयनको लागि नियमावली र विनियमावलीहरू तर्जुमा भएका छन् । पाँच वर्षको अवधिमा १४ वटा विनियमावलीहरू तर्जुमा/प्रतिस्थापन गरी लागु गरिएको छ ।

    नेपाल राष्ट्र बैंक अन्तिम ऋणदाता सुविधासम्बन्धी विनियमावली, २०७२, नेपाल राष्ट्र गरिएका प्रमुख विनियमावलीअन्तर्गत ’भुक्तानी तथा फर्स्यौट विनियमावली, २०७४ सुपरीवेक्षण विनियमावली, २०८१ लगायत रहेको गभर्नर अधिकारीले सार्वजनिक गरेको प्रगति विवरणमा उल्लेख छ । उनले विगत ५ वर्षमा महत्त्वपूर्ण सुधारका कामहरू भएको समेत बताए । उनका अनुसार मौद्रिक नीतिको आधुनिकीकरण, गर्दै तरलता व्यवस्थापनलाई थप प्रभावकारी बनाउँदै लगिएको छ भने व्याजदर करिडोरलाई प्रभावकारी बनाउन स्थायी निक्षेप सुविधा कार्यान्वयनमा लगिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images