images
images
  • काठमाडौँ महानगरका प्रशासकीय अधिकृत गुरागाईँ कार्यालय पुगे, खोलियो गाडीको ‘ह्विललक’

    काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ आज सहजै कार्यालय पुगेका छन् । नगर प्रहरीले रोक्ने प्रयास गरेनन् ।

    हिजो, मेयर बालेन्द्र साहले उनलाई रोक्न नगरप्रहरी उतारेपनि कर्मचारी र जनप्रतिनिधिहरूले उनलाई कार्यकक्षमा पुर्‍याएर हाजिर गराएका थिए । उपमेयर सुनिता डंगोलले समन्वयकारी भूमिका निभाएकी थिइन् ।

    आज उनले शिक्षक(कर्मचारीको तलब निकासाका लागि तोक लगाइदिएका छन् ।  प्रशासकीय अधिकृतको अभावमा महानगरका शिक्षक(कर्मचारीले ३ देखि पाँच महिनासम्मको तलब पाएका थिएनन् ।

    यसैबीच प्रमुख प्रशासकीय अधिकृत गुरागाईं चढ्ने गाडीको ‘ह्विललक’ खोलिएको छ ।  नगरप्रहरीले बिहीबार बिहान प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडीमा ‘ह्विललक’ गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images