नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । बिहीबार तोलामा १ लाख ८० हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य शुक्रबार ३९०० रुपैयाँले घटेको हो ।
शुक्रबार सुनको मूल्य तोलामा १ लाख ७६ हजार ४०० रुपैयाँ कायम भएको छ ।
यस्तै चाँदीको मूल्य पनि घटेको छ । बिहीबार तोलामा १ हजार ९९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार घटेर तोलामा १ हजार ८७० रुपैयाँ कायम भएको हो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















