images
images
  • नेप्से ३.३५ अंकले बढ्यो, कारोबारमा पनि सुधार

    सेयरबजार २७ सय विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार ३.३५ अंकले बढेको सूचक २७०३.३९ विन्दुमा थामिएको छ ।

    आज कारोबारमा भने सुधार देखिएको छ । कुल ७ अर्ब ८४ करोडको कारोबारमा १ करोड ५५ लाख कित्ता सेयर बिक्री भएको हो ।

    यस दिन ९३ वटा सेयर बढ्दा १५१ वटा घटेका छन् । यीमध्ये ग्रिन भेन्चर लिमिटेडको सेयर ९.९९ प्रतिशतले बढ्दा बाँकी अधिकतम ६.९५ प्रतिशतसम्मले मूल्य बढेको छ ।

    त्यसैगरी उपकार लघुवित्तको सेयर सर्वाधिक ७.८५ प्रतिशतले घट्दा बाँकी सेयरहरु अधिकतम ६.१३ प्रतिशतसम्म घटेका छन् ।

    सर्वाधिक कारोबारमा हिमालयन रि इन्स्योरेन्स अगाडि छ । कम्पनीको ७२ करोडको कारोबार भएको छ । त्यस्तै नेपाल पुनर्बीमा कम्पनीको ५५ करोडको र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ४२ करोडको कारोबार भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images