काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहका स्वकीय सचिव भुपदेव शाहले सरकारले भ्रष्टाचारमा मुछिएका प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालयमा हाजिर गराएर दम्भ देखाएको बताएका छन् । स्वकीय सचिव शाहले पोसाकधारी पार्टीका कार्यकर्ताले भ्रष्टाचारमा मुछिएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराएको बताएका हुन् ।
उनले भने, ‘पोसाकधारी पार्टीका कार्यकर्ताले दोषी प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराएका छन् र यसमा सबै दोषी हुनु पर्छ।’
शाहले चैत १५ गतेको हिंसात्मक आन्दोलनलाई विषयान्तर गर्न प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गरिएको आरोप लगाएका छन्।
निलम्बनमा रहेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं तीन महिना १४ दिनपछि आज कार्यालय हाजिर भएका छन् । उनलाई महानगर प्रहरीले रोक्ने प्रयास गर्दा जनप्रतिनिधिको सहयोगमा कार्यालय प्रवेश गरेका थिए । गुरागाईंलाई ०८१ पुस १४ गते निलम्बनमा पारिएको थियो ।























