images
images
  • त्रिचन्द्रको स्ववियु सभापतिमा नेविसंघका कोइराला विजयी

    त्रिचन्द्र क्याम्पसको स्ववियु निर्वाचनमा नेविसंघ विजयी भएको छ । नेविसंघका उम्मेदवार गोविन्द कोइराला झण्डै दोब्बर मतले सभापतिमा विजयी भएका हुन् ।

    कोइरालाले १२१५ मत पाएर विजयी भएका हुन् भने नेविसंघबाट निष्कासित स्वतन्त्रबाट उठेका सगर न्यौपानेले ६८३ मत पाए ।

    त्यस्तै अनेरास्ववियुका प्रमित बिष्टले ४३१ मत पाएका छन् ।

    सभापतिका लागि अनेरास्ववियुका प्रमित विष्ट र स्वतन्त्र उम्मेदवार सागर न्यौपाने पनि प्रतिस्पर्धामा थिए ।

    यसअघि चैत ५ गते तय भएको निर्वाचन विवादका कारण स्थगित भएको थियो । त्यसपछि चैत १३ गतेका लागि मिति तय भयो । क्याम्पसको मूल गेटमा नै तालाबन्दी भएपछि त्यो दिन पनि चुनाव रोकिएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images