images
images
  • महिलाले बन्दुक उठाएकै कारण नेपालमा गणतन्त्रको स्थापना भयो : अध्यक्ष प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिलाले बन्दुक उठाएकै कारण नेपालमा गणतन्त्रको स्थापनामा सफलता प्राप्त भएको बताएका छन् ।

    बुधबार बाँकेमा आयोजित अखिल नेपाल महिला संघ क्रान्तिकारीको लुम्बिनी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनले माओवादी जनमुक्ति सेनामा ४०–४५ प्रतिशत महिला रहेका र उनीहरूको वीरताले राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना गरिएको बताए ।

    उनले महिलाले कमान्ड गरेको कुनै पनि मोर्चा नहारेको दाबी पनि गरे । साथै, माओवादीका कारण देशमा ३३ प्रतिशत महिला सहभागिता र समावेशी समानुपातिक प्रतिनिधित्व सुनिश्चित भएको उनले उल्लेख गरे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images