images
images
  • कुलमान र हितेन्द्रदेवको रिट आज पनि ‘हेर्दाहेर्दै’मा

    कुलमान घिसिङ र हितेन्द्रदेव शाक्यको रिट आज पनि सर्वोच्च अदालतको इजलासमा हेर्दाहेर्दैमा राखिएको छ । मंगलबार र बुधबार सुनुवाइ नसकिएपछि यो स्थिति आएको हो ।

    कुलमान घिसिङले आफूलाई बदनियतपूर्वक हटाइएको भन्दै अन्तरिम आदेशको माग गरेका छन् भने हितेन्द्रदेव शाक्यले कुलमानको नियुक्ति गलत भएको दाबी गरेका छन् ।

    बुधबार हितेन्द्रदेवका तर्फबाट प्रमुख वकिलहरूले बहस गरेका थिए र सरकारी तर्फबाट महान्यायाधिवक्ता रमेश बडालले बहस गरेका थिए । थप कानुनी बहस बाँकी छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images