राजश्व अनुसन्धान विभागले चीनतर्फ जान लागेको २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा बरामद गरी यसको वास्तविक मालिकको पहिचान गरेको छ ।
विभागको जासुसी टोलीले सीसीटिभी फुटेज, डिजिटल डिभाइस, बैंक कारोबार र सीडीआर विश्लेषण गरेर सिन्धुपाल्चोकका नारायण पौडेललाई मालिकको रूपमा पत्ता लगाएको हो ।
यो रकम चैत्र ४ गते राति ११ बजे काठमाडौँको टोखा नगरपालिका वडा नं २ स्थित झोरमा मालवाहक ट्रकबाट बरामद गरिएको थियो । ट्रक चालक कुसाङ लामा पक्राउ परेका छन् । विभिन्न अमेरिकी डलर र युरोका नोटहरूसहित २ थान मोबाइल पनि बरामद गरिएको थियो । विभागले अदालतबाट पक्राउ पुर्जी जारी गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















