सरकारले तिनकुनेमा भएको राजावादीको प्रदर्शनका क्रममा ज्यान गुमाउनेका परिवारलाई १०/१० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
शुक्रबार भएको हिंसात्मक प्रदर्शनमा प्रहरीको गोली लागेर प्रदर्शनकारी सविन महर्जन र समाचार संकलनमा खटिएका पत्रकार सुरेश रजकको मृत्यु भएको थियो ।
दुबै जनाका परिवारलाई १०/१० लाख रुपैयाँ दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ । रकम निकासाका लागि गृह मन्त्रालयले अर्थ मन्त्रालयलाई सिफारिस गरेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्























