काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह छलफलमा जुटेका छन् । आसन्न १४औँ कांग्रेस महाधिवेशनमा सभापति उठ्ने तयारी गरिरहेका उपसभापति विमलेन्द्र निधि आफ्नो माहोल बनाउन दौडधूपमा छन् ।
उनीहरूबीच महाधिवेशनमा एक जना उम्मेदवार हुने गरी छलफल भएको बताइएको छ । यसअघि यी तीन नेताले उपसभापति निधिको निवासमा कुराकानी गरेका थिए ।
निधि निवासमै उनीहरुबीच महाधिवेशनसम्म नै छलफललाई निरन्तरता दिने सहमति भएको बताइएको छ । तीन मध्ये एक जना उम्मेदवार बन्नेमा मोटामोटी सहमति भएको बताइएको छ ।
यस्तै, वरिष्ठ नेता रामचन्द्र पौडेल समेत महाधिवेशन केन्द्रित बैठकमा व्यस्त छन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















