काठमाडौँ बुधबार पनि विश्वका सर्वाधिक प्रदूषित सहरको शीर्ष स्थानमा रहेको छ । आईक्यू एयरको सूचकांक अनुसार, काठमाडौँको वायु गुणस्तर मापदण्ड (एक्यूआई) २४२ पुगेको छ । जबकि दिल्लीको एक्यूआई २१२ रहेको छ ।
यस सूचकांकमा २०० भन्दा कम भएका अन्य सहरहरू छन् ।
स्वास्थ्यका दृष्टिकोणले, १०१ देखि १५० को एक्यूआई बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीका लागि अस्वस्थकर, १५१ देखि २०० सबैका लागि अस्वस्थकर, २०१ देखि ३०० अति अस्वस्थकर र ३०० माथि खतरनाक मानिन्छ ।
प्रतिक्रिया दिनुहोस्























