images
images
  • मध्यपश्चिम विश्वविद्यालयको स्ववियु अध्यक्षमा नेविसंघका खड्काको प्यानल विजयी

    सुर्खेत : मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्वमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्गठनको प्यानल नै विजयी भएको छ। अध्यक्षमा नेविसंघका विवेक खड्का नेतृवको प्यानल नै विजयी भएको हो।

    सोमबार भएको मतदानबाट नेकपा (एमाले) निकट अनेरास्ववियुका जगतजंग शाहीलाई पराजित गर्दै खड्का अध्यक्षमा निर्वाचित भएका हुन्। खड्काले ११ सय ८७ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिद्वन्द्वी शाहीले नौ सय सात मत प्राप्त गरे।

    अध्यक्षका अन्य प्रत्यासीहरु प्रकाश विकले दुई सय ७५ र मिलन बिसीले दुई सय ३१ मत प्राप्त गरे। कुल चार हजार तीन सय ८३ मतदातामध्ये दुई हजार आठ सय ६४ जनाले मतदान गरेका थिए।

    स्ववियु निर्वाचन कार्यविधि अनुसार अध्यक्ष, सचिव, कोषाध्यक्ष गरी तीन र बाँकी सदस्य गरी १७ सदस्यीय कार्यसमिति रहने व्यवस्था छ।

    ८ भदौ २०७३ मा भएको पहिलो स्ववियु निर्वाचनबाट निर्वाचित पदाधिकारीको अवधि २०७६ मा सकिएपछि एमयूको स्ववियु नेतृत्वविहीन छ।

    २०७३ भदौमा सम्पन्न पहिलो निर्वाचनबाट कांग्रेसनिकट नेविसंघका झक्कबहादुर शाही स्ववियु अध्यक्षमा निर्वाचित भएका थिए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images