images
images
  • यी हुन् प्रतिनिधि सभामा धेरै गयल हुने सांसदहरु

    संघीय संसद्को गत माघ १८ गतेदेखि सुरु भएको हिउँदे अधिवेशन आजदेखि अन्त्य भएको छ । हिउँदे अधिवेशनको अन्तिम बैठकमा सभामुख देवराज घिमिरेले सभामा १० पटक वा सोभन्दा बढी पटक अनुपस्थित हुने सांसदहरूको नाम सार्वजनिक गरेका छन् ।

    यसरी धेरै अनुपस्थित हुनेमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समेत रहेका छन् । देउवासहित अधिवेशन अवधिभर विभिन्न कारणहरु देखाउँदै सात जना सांसदहरु १० भन्दा बढी बैठकमा अनुपस्थित भएका छन् ।

    सबैभन्दा बढी अनुपस्थित हुनेमा कांग्रेसकी सांसद मनोरमा शेरचन रहेका छन् । थेरापी चलिरहेको कारण देखाउँदै उनी २७ बैठकमा अनुपस्थित रहेको सभामुख देवराज घिमिरेले जानकारी गराए ।

    सभामुख घिमिरेका अनुसार प्रतिनिधि सभा सदस्यहरू  लिलादेवी बोखिम लिम्बू १४ दिन, सरस्वती बजिमय ११ दिन, रमेश रिजाल १२ दिन, दीपक बोहरा २१ दिन, शेरबहादुर देउवा ११ दिन र गीता बस्नेत २७  दिन बैठकमा अनुपस्थित रहेका छन् ।

    संसदमा गयल हुने सांसदहरुमध्ये कोही स्वास्थ्य उपचार गराइरहेको र केही विदेश भ्रमणमा रहेको सभामुखले उल्लेख गरे । प्रतिनिधि सभाको मंगलबारको बैठकले सांसदहरूको बिदा स्वीकृत गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images