images
images
  • राप्रपा सांसद बोहराको निधनमा प्रतिनिधि सभाद्वारा शोक प्रस्ताव पारित

    प्रतिनिधि सभाले राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बोहराको निधनमा शोक प्रस्ताव पारित गरेको छ । मंगलबार बसेको सभाको बैठकले सर्वसम्मतले शोक प्रस्ताव पारित गरेको हो ।

    २०७९ मंसिर ४ गतेको निर्वाचनमा रुपन्देही जिल्ला क्षेत्र नम्बर ३ बाट संघीय संसद् प्रतिनिधि सभामा निर्वाचित हुनुभएका बोहराको मंगलबार नै उपचारका क्रममा निधन भएको हो । बोहरा विभिन्न पटक राष्ट्रिय पञ्चायत र प्रतिनिधि सभामा निर्वाचित सदस्य, ८ पटक नेपाल सरकारको मन्त्री भइसकेका थिए ।

    बोहराको ७४ वर्षको उमेरमा भएको जानकारी सदन समक्ष गराउँदै सभामुख घिमिरेले उनीप्रति श्रद्धाञ्जली अर्पण गर्नुको साथै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरे ।

    उनले भने, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट रुपन्देही जिल्ला क्षेत्र नम्बर ३ बाट संघीय संसद् प्रतिनिधि सभामा निर्वाचित सदस्य, विभिन्न पटक राष्ट्रिय पञ्चायत र प्रतिनिधि सभामा निर्वाचित सदस्य, ८ पटक नेपाल सरकारको मन्त्री रहनुभएका नेपाली राजनीतिका एक महत्त्वपूर्ण व्यक्तित्व दीपक बोहराको ७४ वर्षको उमेरमा आजै मिति २०८१ साल चैत्र १९ गते काठमाडौँस्थित ओम अस्पतालमा असामयिक निधन भएकोमा प्रतिनिधि सभाको यो बैठक उहाँको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछ ।’

    संसद् बैठकमा संसद्को चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने राष्ट्रपति कार्यालयको सूचनासमेत सभामुख घिमिरेले पढेर संसदमा सुनाएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images