images
images
  • चैत २३ गतेदेखि जनयात्रा सुरु गर्दै रास्वपा, राष्ट्र निर्माणका लागि बनायो कार्यदल 

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्र निर्माणका लागि उपसभापतिद्वय डोलप्रसाद अर्याल र स्वर्णिम वाग्लेको संयोजकत्वमा कार्यदल बनाएको छ ।

    कार्यदलमा पूर्वमन्त्रीहरू सुमना श्रेष्ठ, शिशिर खनाल, विराजभक्त श्रेष्ठ र डा. तोसिमा कार्की रहेका छन् ।

    पार्टीले लिडरसिप एकेडेमी र उम्मेदवार क्लबको कार्यान्वयनका लागि सहमहामन्त्रीद्वय सुमना श्रेष्ठ र विपिनकुमार आचार्यलाई जिम्मेवारी तोकेको छ।

    रास्वपा २३ चैतदेखि चितवनबाट जनयात्रा सुरू गर्दै छ । यसको संयोजनको जिम्मेवारी संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठलाई जिम्मेवारी दिइएको छ ।

    पहिलो महाधिवेशन वैशाख २५, २६, २७ गते आयोजना हुने छ भने केन्द्रीय समितिका सदस्यहरूलाई आगामी तीन दिनभित्र राय र कार्य विवरण पेस गर्न निर्देशन दिइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images