राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभामुख देवराज घिमिरेलाई भेटेर सभापति रवि लामिछानेको निलम्बन फुकुवाको माग गरेको छ । मंगलबार बिहान रास्वपाका नेताहरूले सिंहदरबारस्थित सभामुख घिमिरेलाई भेटेर लामिछानेको निलम्बन फुकुवा गर्न माग गरेका हुन् ।
एक महिना अघि रास्वपाले ज्ञापनपत्र बुझाए पनि सुनुवाइ नहुँदा पुनः भेटी यो माग गरिएको हो । सोमबार लामिछाने पार्टी कार्यालयमा ६ महिनापछि उपस्थित हुँदै राज्यको राजनीतिक प्रतिशोधका बारेमा बोलेका थिए । उनले आफूलाई जिउँदै छोड्नु आफ्नो जित भएको पनि बताएका हुन् ।
प्रतिक्रिया दिनुहोस्























