images
images
  • ‘राजसंस्था, राजनीतिक दल र जनता एकै ठाउँमा अटाउने मिलनबिन्दु पहिल्या‍औँ’

    काठमाडौं : पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले राजसंस्था, राजनीतिक दल र जनता सबै एकै ठाउँमा अटाउने मिलनबिन्दु पहिल्याउनुपर्ने बताएका छन्।

    सोमबार विज्ञप्ति निकालेर उनले सरकार, संसद्, न्यायपालिका तथा राज्यका अन्य अंगहरूमा जनविश्वास गुम्दै गएकाले मुलुकलाई निकास दिनका लागि सबै पक्षबीच समन्वय आवश्यक रहेको तर्क गरेका छन्।

    ‘अबको निकास भनेको बिना कुनै बिलम्ब नगरी सबैले आआफ्ना आग्रह, पूर्वाग्रह र अहं त्यागेर राजसंस्था, राजनीतिक दलहरू र सम्पूर्ण जनता एकै ठाउँमा अटाउने मिलनबिन्दु पहिल्याउनु नै हो’, चन्दले भनेका छन्। उनले सरकारलाई निषेधको राजनीतिबाट टाढा रहन समेत आग्रह गरेका

    संयुक्त जनआन्दोलन समन्वय समितिको आह्वानमा चैत १५ गते काठमाडौँमा आयोजित शान्तिपूर्ण विरोधसभामा भएको घटनालाई नियोजित भन्दै निन्दा गरेका छन्।

    ‘विरोध प्रदर्शनका क्रममा हत्या, हिंसा, आगजनी तथा लुटपाटका घटनाहरू सुन्नमा आएको छ’, उनले भनेका छन्, ‘यदि ती सत्य हुन् भने अत्यन्त दुर्भाग्यपूर्ण र निन्दनीय छ।’ उनले घटनाको निष्पक्ष छानबिन गर्न उच्च स्तरीय न्यायिक आयोग गठन गर्न माग गरेका छन्। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उचित क्षतिपूर्ति सहित उपचारको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्।

    नजरबन्दमा रहेका संयुक्त जनआन्दोलन समन्वय समितिका संयोजक नवराज सुवेदी, हिरासतमा रहेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा लगायत सम्पूर्ण पक्राउ परेका बन्दीको शीघ्र रिहाइको मागसमेत गरेका छन्।

    Lokendra bau N21Qkkr7UP

    प्रतिक्रिया दिनुहोस्
    images
    images