images
images
  • प्रतिगामी शक्तिहरू टाउको उठाउने कोसिस गरिरहेका छन् : अध्यक्ष नेपाल

    नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशमा प्रतिगामी शक्तिहरूले टाउको उठाउने कोसिस गरिरहेको बताएका छन् । सोमबार काठमाडौँमा पार्टी निकट खेलकुद महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    अध्यक्ष नेपालले इतिहास भइसकेको राजालाई ब्युँताउने कोसिस भइरहेको भएपनि सम्भव नरहेको जिकिर गरे । उनले पूर्वराजा शाहले के त्याग, तपस्या, योगदान गरेका छन् भन्दै प्रश्न गरे ।

    इतिहास फेरि पछाडि फर्किन नसक्ने अध्यक्ष नेपालको भनाइ छ । नेपाली समाज सामन्तवादको युगमा फर्किन नसक्ने उनले बताए ।

    अध्यक्ष नेपालले भने, ‘हाम्रो देशमा प्रतिगामी शक्तिहरूले टाउको उठाउने कोसिस गरिरहेका छन् । इतिहास भइसकेको राजालाई फेरि ब्युँताउने कोसिस गरिरहेका छन् । जो सम्भव छैन ।’

    अध्यक्ष नेपालले जनताका छोराछोरी देशको राष्ट्रपति बन्न पाउने कि नपाउने भन्दै प्रश्न गरे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images