images
images
  • कुलमान घिसिङलाई हटाएर सरकारले गल्ती गर्‍यो :  महामन्त्री शर्मा

    नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विद्युत् कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर सरकारले गल्ती गरेको बताएका छन् ।

    सोमबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै महामन्त्री शर्माले घिसिङलाई बाँकी समय काम गर्न दिनुपर्नेमा सरकारले हटाएर गल्ती गरेको बताए । उनले अदालतमा विचाराधीन विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा जवाफ किन दिनुभयो भन्दै प्रश्न समेत गरे । उनले अदालतमा विचाराधीन मुद्दामा सदनमा छलफल गर्नु उचित नहुने बताए ।

    उनले भने, ‘सभामुख महोदय कुलमान घिसिङलाई बाँकी समय काम गर्न दिनुपर्थ्यो । हामी पनि सत्तारुढको कित्ताबाट भनिरहेका छौँ । सरकारले हटाएर गल्ती गरेको छ हामीले भनेका छौँ । तर यो विषय अदालतको विषय भइसकेको कारण प्रतिपक्षीले समय माग्यो किन ? सभामुखले समय दिनुभयो किन ?’

    उनले फरक प्रसंगमा बोल्दै राजावादी समूहको तीनकुने घटनामा भएको धनजनको क्षति भएकोबारे सबैतिर दुखेको भएपनि निर्मल निवास नदुखेको टिप्पणी गरे । उनले कुनैपनि हालतमा गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताए । जनतामा रहेका निराशाहरू लोकतान्त्रिक व्यवस्थामा जनताका समस्याहरू हल गर्दै जानुपर्ने उनले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images