images
images
  • प्रधानमन्त्रीको अभिव्यक्ति संसद्‌को रेकर्डबाट हटाउन राप्रपाको माग

    राप्रपाले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिलाई संसद् रेकर्डबाट हटाउन माग गरेको छ । राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले फागुन २५ गते विमानस्थलमा स्वागत गरेको विषयमा प्रधानमन्त्रीले ‘कथित’ भनेको भन्दै  यसमा नियमापत्ति जनाउँदै रेकर्डबाट हटाउन माग गरेका हुन् ।

    उनले भने, ‘प्रधानमन्त्रीले होच्याउने काम गर्नुभयो। प्रधानमन्त्रीको भनाइ रेकर्डबाट हटाइयोस्। प्रधानमन्त्रीले फागुन २५ गतेको  स्वागत कथित भन्नुभयो । सो रेकर्डबाट हटाइयोस् ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images