images
images
  • समाजवादी मोर्चाले भन्यो– राजावादीको आन्दोलन जंगली चरित्रको, खतराप्रति जनता परिचालन गर्ने 

    समाजवादी मोर्चाले चैत्र १५ गते राजावादीहरूले गरेको आन्दोलन जंगली चरित्रको भएको निष्कर्ष निकालेको छ । सोमबार नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालयमा बसेको समाजवादी मोर्चाको बैठकले चैत्र १५ गतेको राजावादीहरूको आन्दोलन आततायी र जंगली चरित्रको रहेको निष्कर्ष निकालेको हो ।

    बैठकले १५ गतेकै समाजवादी मोर्चाको कार्यक्रम भने शालीन र सशक्त भएको दाबी गरेको छ । साथै समाजवादी मोर्चाको उक्त कार्यक्रमले नै गणतन्त्रको रक्षाको मोर्चा सशक्त भएको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले बताए । उनले राजावादीहरूको क्रियाकलाप पूर्ण रूपमा नियन्त्रण गर्न अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने निर्णय भएको बताए । समाजवादी मोर्चाले घटनामा संलग्न भएका र डिजाइनकर्ताहरूलाई कारबाही गर्न सरकारसँग माग गर्ने निर्णय गरेको छ ।

    तीनकुने घटनामा भएका क्षतिपूर्ति सरकारले योजनाकारसँग असुल गरेर तिराउनुपर्ने निर्णय गरेको छ । राजावादीहरूको क्रियाकलाप पूर्ण रूपमा नियन्त्रण गर्न अन्तरक्रिया कार्यक्रमको आयोजना गर्नुपर्ने माग गरेको छ । जनतालाई जागरुक गरेर खतराप्रति सचेत गरी जनता परिचालन गर्ने योजना सोच्नुपर्ने निष्कर्ष निकालेको छ । नेपालका युवालाई संगठित रूपमा अघि बढाएर रक्षकको रूपमा अघि सार्नुपर्ने निर्णय भएको बताए ।

    उनले भने, ‘चैत्र १५ गतेको समाजवादीहरूको आन्दोलनले के देखाएको छ भने आन्दोलन शालीन र सशक्त भएको छ । साथै गणतन्त्रको रक्षाको मोर्चा सशक्त भएको छ । त्यो दिनको कार्यक्रम नभएको भए प्रतिगामी तत्त्वहरूको जुन कोटेश्वरमा गतिविधि देखियो, असाध्यै गैरजिम्मेवार छ ।’

    समाजवादी मोर्चाले देशको अहिलेको स्थितिमा विदेशीहरूले पनि कतै न कतै सहयोग गरेको देखिएको निष्कर्ष निकालेको छ । गणतन्त्रवादी राजनीतिक दलहरूको आइतबारको बैठकमा गणतन्त्रको रक्षा गर्नुपर्छ, षड्यन्त्रको भण्डाफोर गरेर कारबाही गर्नुपर्छ भन्ने विचार आएको भएपनि सरकारको विचार भने घटनाको बारेमा कम आँकलन भएको जिकिर समाजवादी मोर्चाको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images