images
images
  • माकलबारीमा एक जनाको हत्या, ६ जना पक्राउ 

    काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८ स्थित माकलबारीमा एक लाख रुपैयाँको लेनदेनको विवादमा एक जनाको हत्या भएको छ ।  १९ वर्षीय राहुल साहको हत्या भएको प्रहरीले जनाएको हो ।

    वर्कसप सञ्चालक निप मण्डल र अन्य पाँच जनाले हत्या गरेको आरोपमा पक्राउ परेका छन् । साहले मण्डलसँग एक लाख १० हजार रुपैयाँ लिनुपर्ने थियो । तर मण्डलले पैसा दिन इन्कार गरेपछि उनीहरूको बिचमा विवाद भएको थियो ।

    साहले पैसा नलिई नजाने अडान राख्दा वर्कसपका कामदार र बाहिरका व्यक्तिहरूले मिलेर हत्या गरेको प्रहरीको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images