रास्वपा सभापति रवि लामिछाने पार्टीको जिम्मेवारीमा फर्किएका छन् । उनले भोलिदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा सहभागी हुने कार्यसूची तय भएको छ ।
पहिलो बैठक कार्यवाहक सभापति डीपी अर्यालले सञ्चालन गर्ने छन् भने दोस्रो बैठकको अध्यक्षता सभापति लामिछानेले गर्ने छन् ।
लामिछानेलाई २ कात्तिकमा सहकारी रकम अपचलनको मुद्दामा पक्राउ गरी धरौटीमा रिहा गरिएको थियो । रिहा पछि लामिछाने पार्टी क्रियाकलापमा सक्रिय थिएनन् ।
प्रतिक्रिया दिनुहोस्























