images
images
  • बरालले उपकुलपतिबाट दिएको राजीनामाबारे औपचारिक जानकारी मैले पाएको छैन : मन्त्री भट्टराई

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. केशरजंग बरालले किन राजीनामा दिएको हो भन्नेबारेमा आफूलाई जानकारी नरहेको बताएकी छन् । आइतबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस विषयमा आफू अनविज्ञ रहेको बताएकी हुन् ।

    मन्त्री भट्टराईले आफूले पनि सञ्चारमाध्यमबाट नै राजीनामाको जानकारी पाएको बताइन् । उनले शनिबार बिदा परेकाले आफूसमक्ष सो जानकारी नआएको र आजसम्म आउने विश्वास व्यक्त गरिन् । किन राजीनामा दिनुभएको हो भन्नेबारेमा औपचारिक जानकारी नरहेकाले औपचारिक तवरबाट जानकारी पाएपछि मात्रै समितिलाई जानकारी गराउने प्रतिबद्धता उनले जनाइन् ।

    मन्त्री भट्टराईले भनिन्, ‘औपचारिक हिसाबले कुनैपनि जानकारी हामीसमक्ष नआइपुगेको हुँदा यो बैठकमा जानकारी गराउन सक्दिन । अर्को बैठकमा सबैकुरा बुझेर आइसकेपछि यहाँहरूलाई पुनः जानकारी गराउने प्रतिबद्धता जनाउँछु ।’

    उपकुलपति प्रा.डा. बरालले शनिबार विश्वविद्यालयको उपकुलपतिबाट राजीनामा दिएका थिए । उनले बिरामीको कारण देखाउँदै राजीनामा दिएका हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images