images
images
  • कुलमान घिसिङको रिट ‘हेर्न नमिल्ने’मा 

    नेपाल विद्युत् प्राधिकरणका बर्खास्त कार्यकारी निर्देशक कुलमान घिसिङको रिट निवेदन ‘हेर्न नमिल्ने’मा परेको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश सारंगा सुवेदीको इजलासले उक्त रिट पन्छाएको हो ।

    अदालतले विपक्षीका तर्फबाट वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी रहेका कारण रिट हेर्न नमिल्ने निर्णय गरेको हो ।

    त्यस्तै, नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिट पनि सोही इजलासमा परेको छ । न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले दुवै पक्षलाई आज छलफलका लागि बोलाएको थियो र लिखित जवाफ मागेको छ ।

    कुलमान घिसिङ बर्खास्तीपछि सर्वोच्च पुगेका छन् भने शाक्यले आफ्नो पुरानो रिटमा निर्णय गरिनुपर्ने माग गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images