images
images
  • मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै 

    मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्न लागेको छ । बैठक प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बस्ने लागेको हो ।

    एक मन्त्रीका अनुसार राजावादीको आजको प्रदर्शन हिंसात्मक बनेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । तीनकुनेलाई केन्द्र बनाएर प्रदर्शन र सभा गर्ने तयारीमा रहेका राजावदीहरूको प्रहरीसँग झडप भएपछि हिंसा फैलिएको हो ।

    राजावादीहरूले राजधानीका विभिन्न स्थानमा सार्वजनिक सवारीसाधन र निजी सम्पत्तिमा आगजनी गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images