images
images
  • दुर्गा प्रसाईंविरुद्ध साइबर ब्यूरोमा उजुरी

    दुर्गा प्रसाईंविरुद्ध साइबर ब्युरोमा उजुरी परेको छ ।

    लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई लक्षित गरी गलत सूचना तथा घृणास्पद अभिव्यक्ति दिएको भन्दै प्रसाईंविरुद्ध आज उजुरी दर्ता भएको हो ।

    साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले ‘मायाको पहिचान नेपाल’ बाट उजुरी आएको बताए ।

    मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले प्रसाईंविरुद्ध उजुरी दिएका हुन् । प्रसाईंले यौनिक तथा अल्पसंख्यक समुदायलक्षित घृणा फैलाउने अभिव्यक्ति दिएको उजुरीमा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images