images
images
  • न्यायमा राजनीति नगर्न राजनीतिक दलहरूसँग पूर्वप्रधानन्यायाधीश श्रेष्ठको आग्रह

    पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठले न्यायमा राजनीति नगर्न राजनीतिक दलहरूसँग आग्रह गरेका छन् । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    पूर्वप्रधानन्यायाधीश श्रेष्ठले सङ्क्रमणकालीन न्यायमा अहिलेसम्म राजनीतिले आरोहण गरिरहेको र न्याय सुस्ताएको जिकिर गरे । उनले यसमा व्यापक परिवर्तन हुन जरुरी रहेको बताए । आयोग गठन र एउटा ऐन संशोधन गर्ने बित्तिकै सङ्क्रमणकालीन न्यायको सम्बोधन नहुने बताए । उनले एउटा सक्षम, स्वीकार्य, जनताले मानेको क्षमतावान, बुद्धिमान र विश्वसनीय आयोग बनाउन जरुरी रहेको बताए । राजनीतिक इच्छाशक्ति, न्याय, निष्पक्षता, स्वतन्त्रतातर्फ अभिप्रेरित हुनुपर्ने उनले बताए ।

    उनले भने, ‘सङ्क्रमणकालीन न्यायको अवस्थामा अहिलेसम्म राजनीतिले आरोहण गरिरह्यो र न्याय सुस्ताइरह्यो । यो परिस्थितिमा व्यापक रुपमा परिवर्तन हुनुपर्छ । आयोग गठन र एउटा ऐन संशोधन गर्ने बित्तिकै अब सङ्क्रमणकालीन न्यायको सम्बोधन भयो भन्ने होइन । यो मिनिमम काम हो । यति मिनिमम काम गर्दा पनि सन्तोष मान्नुपर्ने अवस्थामा हामी छौँ ।’

    पूर्वप्रधानन्यायाधीश श्रेष्ठले सङ्क्रमणकालीन न्याय पीडितमैत्री हुनुपर्ने भन्दै चलखेल नगर्ने इमान्दारिता आवश्यक रहेको बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images