ललितपुरको इमाडोलमा बुधबार राति ३० वर्षीय रीपक खातीको खुकुरी प्रहार गरी हत्या गरिएको छ । हत्या आरोपमा रामेछापका २५ वर्षीय सुमन रसाइलीलाई पक्राउ गरिएको छ ।
प्रहरीका अनुसार, रसाइलीले खातीको बहिनीलाई जिस्क्याएको कारण खातीमाथि खुकुरी प्रहार गरेको बताएका छन् । घटना राति करिब पौने १ बजे शिव मन्दिर नजिक भएको थियो ।
खाती र रसाइली दुवै इमाडोलमा बस्दै आएका थिए । थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्























