images
images
  • काभ्रे जिसस प्रमुख गौतम पक्राउ

    काभ्रेका जिल्ला समन्वय समिति (जिसस) प्रमुख दीपक गौतम पक्राउ परेका छन् । उनलाई बैंकिङ कसुरको मुद्दामा नयाँ बानेश्वरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    नेकपा एकीकृत समाजवादीका नेता समेत रहेका गौतम गत स्थानीय तह निर्वाचनमा तत्कालीन पाँच दलीय गठबन्धनबाट काभ्रेको जिसस प्रमुख बनेका थिए ।

    विभिन्न व्यक्तिसँग आर्थिक लेनदेनका क्रममा उनले जारी गरेका चेक नसाटिएपछि उनीविरुद्ध बैंकिङ कसुरको मुद्दा दर्ता भएको थियो ।

    उनलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी परिसर, भद्रकाली चलान गरिएको प्रहरी वृत्त नयाँ बानेश्वरका प्रवक्ता एसपी अपिलराज बोहोराले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images